काठमाडौ, जेष्ठ ९ - काठमाडौंमा साँझ ५ बजेदेखि ठूलो हावाहुरीसँगै पानी परेको छ । एक्कासि माैसममा अाएको परिवर्तनले जनजीवन प्रभावित बनाएको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौं आसपासमा हावाहुरीसँगै वर्षा भएको जनाएको छ । महाशाखाका अनुुसार मौसममा भएको क्षणिक बद्ली केही घण्टामा सामान्य अवस्थामा फर्किने छ ।
मौसमविद् शान्ति कँडेलले केही घण्टा अगाडि धादिङको आकाशमा बनेको बादल हावाहुरीसँगै उपत्यका छिरेको बताइन् । ‘मौसममा आएको सामान्य बद्ली हो,’ उनले भनिन्–‘स्थानीय वायुको प्रभावले आएको बद्ली २/३ घण्टामा हट्ने छ ।' उनले पूर्वदेखि पश्चिम पहाडी क्षेत्रमा मौसममा आशिंक बदली देखिएको बताइन् ।
ठूलो हावाहुरीले भूकम्पपीडितलाई बढी प्रभावित बनाएको छ । उनीहरुले आश्रय लिएर बसेको टुँडिखेल लगायत क्षेत्रको पाल र टेन्ट उडाएको छ ।
एककाे मृत्यु
महानगरिय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी नारायणसिंह खड्काका अनुसार हावाहुरीका क्रममा एकजना यात्रुको रुखले किचिएर मृत्यु भएको छ । स्वयम्भू नजिकै सानो भर्याङमा मोटरसाईकलमा पछाडि बसेकी लक्ष्मी दाहालको निधन भएको उनले बताए । मोटरसाईकल उनका श्रीमानले चलाई रहेका थिए । त्यस्तै, पशुपति क्षेत्रमा रुखले एउटा ट्याक्सी किचेर चालक घाइते भएका छन् । ड्राइभर बस्नेभन्दा अर्कोपट्टि रुखले किचेकाले ड्राइभर सामान्य घाइते भएर जोगिएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment