Recent Posts

Join us on Facebook Follow us on Twitter

Friday, May 22, 2015

बिद्यार्थीहरुको प्रश्न: राजधानीमा बसेर परीक्षा दिने वातावरण छ ?


एडमार्क कलेज कलंकीमा कक्षा १२ मा अध्ययनरत धादिङ भुमिस्थानका शिवहरी नेपाल त्रासले गर्दा पढ्ने वातावरण नै नभएको र परीक्षाको बारेमा सोच्न नसक्ने अबस्थामा पुगेको बताउछन । “भूकम्पको  मैले त यसअघि पढाएको पनि सबै बिर्सी सके, खै कसरी परीक्षा दिनु ? ।” उनले पीडा पोखे । “हाम्रो त गाउको घर पुरै भत्किएर पालमा बसेका छौ, काठमाडौमा बस्न पनि डर लाग्छ कसरी परीक्षा दिने” उनले भने ।


उनी मात्रै होइन क्यानभास कलेज बसुन्धारामा कक्षा १२ मा अध्ययनरत झापाका अनिता ओली पनि उत्तिकै चिन्तित छन् । ”हामी त बसको घर पनि पुरै बस्न नहुने गरि भत्केको छ, १२ गतेपछि झापा गएर २९ गते नै काठमाडौ आएको थियौ, आएकै दिन ठूलो भूकम्प आयो ।” उनले भनिन । एक महिना काठमाडौ नआउने गरि झापा फर्केको बताउने उनी ”कमसेकम उता त खुल्ला ठाउमा त बस्न पाइन्छ,  यहा त घरै घरले किचेर मार्ला भन्ने मात्र त्रास, आफ्नो ज्यान भन्दा ठूलो पढाइ हैन क्यारे” भन्छिन् ।

बैषाख १२ गतेको महाभूकम्पपछि त्रिभुवन विश्वविद्यालय, सिटीइभीटी र  उच्च माध्यामिक शिक्षा परिषदले आफ्ना पूर्व निर्धारित परीक्षा तालिका केही समयको लागि स्थगित गरेका थिए । स्थगित परीक्षा मध्ये अन्यले पुन परीक्षा तालिका निकालेका छैनन । तर उच्च माध्यामीक शिक्षा परिषदले भने कक्षा १२ को पुनःजेठ २० गतेदेखि परीक्षा सन्चालन गर्ने गरि परीक्षा तालिका प्रकाशन गरेको छ ।

परिषदले भूकम्पबाट बढी प्रभावित सात जिल्ला बाहेकका ६८ जिल्लाका लागि नयाँ परीक्षा तालिका सार्वजनिक गरेको हो । ६८ जिल्लामा कक्षा १२ को परिक्षा जेठ २० गतेबाट तथा कक्षा ११ को परिक्षा असार १ गतेबाट सुरु हुने भएको छ । भूकम्पबाट बढी प्रभावित भएका गोरखा, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापको परीक्षा भने अझैँ स्थगित गरिएको छ ।

१२ गतेको महाभूकम्प पश्चात राजधानी छाडेर बाहिर गएका मानिसहरु राजधानी भित्रन नपाउदै फेरि २९ गते गएको अर्को भूकम्प संगै झन्डै त्यति नै संख्यामा मानिसहरु काठमाडौ छाडेर बाहिर गएका छन । यतिखेर काठमाडौ सुन्य छ भने काठमाडौ वरिपरिका स्कुल र कलेजका भवनहरु यत्रतत्र भत्किएका छन् । यतिखेर देशभरका सबै विद्यार्थीहरु परिवार संगै पालमा वसीरहेका छन सबैमा मानसिक तनाव व्याप्त छ ।

कयौको न खाने ठेगान नै छ न बस्ने नै ठेगान । यस्तो अवस्थामा काठमाडौ,ललितपुर र भक्तपुरमा कसरि परीक्षा सन्चालन गर्न सम्भव होला । के काठमाडौ चाहि भूकम्पबाट प्रभावित भएको छैन र ? परीक्षाको उचित वातावरण तयार नभइ सकेको  र  विद्यार्थी मनोबैज्ञानिक रुपमा परीक्षा दिनको लागि तैयारि हुन केहि समय लाग्ने विज्ञहरु बताउदछन् । एक त विद्यार्थी नै सबै घरबारबिहीन भएको अवस्थामा विद्यार्थीमा मानसिक तनाव अर्को कति प्रतिशतलाई परीक्षामा सहभागि बनाउने भन्ने प्रश्न आफैमा जटिल रुपमा खडा भएको पाइएको छ । निरन्तर पराकम्प आउने क्रम जारि नै छ । यस्तो अवस्थामा परीक्षा सन्चालन गर्न खोज्नु भनेको आफैमा एउटा चुनौति लिनु हो ।

भूकम्पबाट ध्वस्त भएका र  अति प्रभावित जिल्ला भएपनि काठमाडौ, ललितपूर, भक्तपुर आदि स्थानमा परीक्षा सन्चालन गर्न खोज्नुको आधार परिषदका हाकिमहरुलाई थाहा होला । देशभरका विद्यार्थी काठमाडौमा पढेर बसिरहेका छन यस्तो  बेलामा काठमाडौमा परीक्षा कसरि सन्चालन होला ? भूकम्पले त्रसित भै राजधानी बाहिरिएका विद्यार्थी सबै नभित्राई परीक्षा सन्चालन गर्न खोज्दा त्यसका परिणाम कस्तो होला ? केही समय अझै स्थगित गरेर परीक्षा सन्चालन गरेको भए मात्र कोहि पनि परीक्षा दिनबाट बन्चित हुने थिएनन ।

बिद्यार्थीहरु त चिन्तित छन् नै अभिभावकहरु झन् थप तनावमा छन् ।  समय हेरेर मात्र तालिका सार्वजनिक गर्नुपर्ने उनीहरुको तर्क छ । ”विद्यार्थीहरुलाई परीक्षा हलमा हुलिसकेपछि वा प्रश्न पत्र बाडीसकेपछि भुकम्पको ठूलै पराकम्पन गयो भने के अबस्था के होला ? के यस्तो अबस्थामा  विद्यार्थीले तीन घन्टा सहज ढंगले परीक्षा भवनमा बसेर उत्तर लेख्न सक्लान ?” अभिभावक रामकुमार कार्कीको प्रश्न ।

यसैबीच विद्यार्थीहरुले कक्षा ११ र १२ को परिक्षाको मिति सार्न दबाब दिएका छन् । राजधानीमा विहिबार र्‍यालीको आयोजना गरेर विद्यार्थीहरुले कक्षा १२ को जेठ २० र कक्षा ११ को असार १ गते हुन लागेको परिक्षाको मिति सार्न दबाब दिएका हुन् । विनाशकारी भुकम्प र त्यसपछि आएका पराकम्पनबाट धेरै कलेजहरु क्षतिग्रस्त भएको र त्यस्ता भवनमा बसेर परिक्षा दिन मानसिक रुपमा तयार नभएको भन्दै परीक्षाको मिति सार्न दबाब दिएका हुन् ।

No comments:

Post a Comment