Recent Posts

Join us on Facebook Follow us on Twitter

Friday, April 24, 2015

नेपाली युवा बने ९ हजार शाखा भएको अमेरिकी बैंकका उत्कृष्ट म्यानेजर

एक नेपाली युवक अमेरिकाको प्रतिष्ठित बैंकमा ‘स्टार म्यानेजर अफ दि इयर’ घोषित भएका छन् । ३२ वर्षका विशाल भारती ‘वेल्स फर्गो बैंक’को उत्कृष्ट म्यानेजर घोषित भएका हुन् ।
बैंकका करिव ९ हजार शाखामा कार्यरत हजारौं कर्मचारीलाई पछि पार्दै बिशालले बर्षको उत्कृष्ट म्यानेजरको उपाधि पाएका हुन् । उनलाई हालै आयोजित एक समारोहमा बैंकका बरिष्ठ अधिकारीहरुले उत्कृष्ट कर्मचारीको अवार्ड प्रदान गरे ।

झापाको झापा बजार स्थायी घर भएका बिशालले डिल्लीराज माध्यमिक बिद्यालयबाट २०५४ सालमा एसएलसी पास गरेका थिए । शंकरदेव क्याम्पसबाट बीकम सकेपछि उनी उच्च शिक्षा अध्ययनका लागि सन् २००५ मा अमेरिका पुगेका थिए । सन् २००७ मा बैंकमा टेलरका रुपमा काम थालेका उनी ४ बर्षभित्रै म्यानेजर बनेका थिए ।
तर, अमेरिकामा उनका दिन त्यति सहज भने रहेनन् । पढ्दापढ्दै गि्रन कार्ड बनाउने चक्करमा लागेपछि उनले पढाइ पुरा गर्न सकेनन् ।
केही समय उनले ग्यास स्टेसनमा क्यासियर भएर काम गरे ।
त्यही क्रममा फर्गो बैंकमा टेलर पदमा आवेदन दिए । ‘लगातार चार/पाँच पटकसम्म आवेदन दिएँ । तर, अस्वीकृत भयो । मैले हार मानिँन’ उनले भने-‘छैटौं पटकमा नाम निस्कियो र मेरो बैंकिङ करियर सुरु भयो ।’
सन् २००७ मा उनी वल्स फर्गो बैंकमा आवद्ध भए यता उनले पछाडि फर्किएर हेर्नु परेको छैन । चार वर्षको अवधीमा उनको छ पटक बढुवा भयो । लिड टेलर, कास्टमर सर्भिस, पर्सनल बैंकर, पर्सनल बैंकर टु, सर्भिस म्यानेजर हुँदै सन् २०११ मा ब्रिडफोर्ड शाखा म्याजेनर बने ।
उनका मातहतमा अहिले २० कर्मचारी छन् ।
बार्षिक ९० हजारदेखि १ लाख डलरसम्म कमाउँछन् उनी । ‘मैले हरेक तह पार गरेर यो पदमा पुगेको हुँ ।’ उनले भने- राम्रो काम गर्‍यो भने मूल्याङ्कन हुन्छ ।’
हालै मात्र ‘स्टार म्यानेजर अफ दि इयर’ घोषित भएपछि उनले भने- ‘९ हजार बटा शाखा भएको बैंकको उत्कृष्ट म्यानेजर हुन पाउनु खुसीको कुरा हो, यसले मेरो बैंकिङ करियर बनाउन ठूलो भूमिका खेल्छ ।’
अब उनको लक्ष्य बैंकको डिस्टि्रक म्यानेजर बन्ने हो, जसका लागि उनले अध्ययन पनि थालेका छन् । यसअघि उनले २०१२ मा सोही बैंकको स्टेट च्याम्पियन र ०१३ मा स्टेट स्टार म्यानेजरबाट पुरस्कृत भएका थिए ।
उनले भविश्यमा नेपाल फर्किएर बैंकिङ क्षेत्रमा केही गर्न लक्ष्य रहेको सुनाए । उनले भने-‘तत्काल त नेपाल र्फकने कुनै योजना छैन । तर, एक दिन नेपाल फर्किएर बैंकिङ क्षेत्रमा केही गर्छु ।’

No comments:

Post a Comment