Recent Posts

Join us on Facebook Follow us on Twitter

Friday, March 14, 2014

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

३० फागुन, काठमाडौं । सरकारले आजदेखि लागु हुने गरि पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गरेको छ । Petrol-Pumpनेपाल आयल निगमको विहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ, डिजेल र मट्टितेलमा ६/६ रुपैयाँ, हवाई इन्धन आन्तरिक उडानतर्फ ६ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ सय डलर प्रतिकिलोलिटर मूल्यवृद्धि गरेको हो ।

मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य १ सय ४० रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य १ सय ९ रुपैयाँ पुगेको छ । हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर १ सय ४३ रुपैयाँ पुगेको छ । चुलिँदै गइरहेको घाटालाई कम गर्न मूल्य वृद्धि गर्नुपरेको निगमका प्रवक्ता मुकुन्द ढुंगेलले अनलाइनखबरलाई बताए । निगमलाई अहिले मासिक १ अर्ब ६९ करोड ७१ लाख रुपैयाँ मासिक घाटा रहेको छ ।


यस्तो छ आयल निगमको नाफा घाटा
अहिले निगमले पेट्रोलमा मासिक ५ करोड ६५ रुपैयाँ नाफा गर्दै आएको छ भने डिजेलमा ७७ करोड २७ लाख रुपैयाँ घाटा बेहोर्दै आइरहेको छ । निगमलाई मट्टतिेलमा १ करोड ४२ लाख रुपैयाँ, हवाई इन्धन आन्तरिक उडानतर्फ ८ करोड ४१ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ २१ करोड ८३ लाख रुपैयाँ नाफा  गर्दै आएको छ ।
खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ८ सय ६४ रुपैयाँ ९२ पैसा घाटा बेहार्दै आएको निगमलाई मासिक १ अर्ब २९ करोड  ७४ लाख रुपैयाँ घाटा रहेको छ । पेट्रोल, मट्टितेल र हवाई इन्धनमा सामान्य नाफा गर्दै आएपनि डिजेल र ग्यासमा ठूलो घाटा बेहोर्नु परेपछि निगमलार्इ अफ्टेरो परेको हो ।

निगमले ग्यासमा पनि मूल्य वृद्धि गर्ने तयारी गरिरहेको छ । भर्खरै मात्र दुई रङको सिलिन्डर प्रयोगमा ल्याएको निगमले ग्यासमा घाटा कम गर्न व्यवसायीक प्रयोगमा आउने निलो रङको सिलिन्डर परल मूल्यमा बिक्री गर्ने र घरायसी प्रयोगमा आउने रातो रङको सिलिन्डरमा अनुदान उपलब्ध गराउने तयारीमा रहेको छ ।
‘पेट्रोलियम पदार्थको बढ्दो घाटा निगमले थेग्न नसक्ने अवस्थामा पुगेको छ’ प्रवक्ता ढुंगेलले भने, ‘पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि निगमसँग मूल्य वृद्धिको विकल्प छैन् ।’

‘मार्चको अन्तिमसम्म भारतीय आयल निगमलाई १४ अर्ब रुपैयाँ बुझाइ सक्नुपर्छ, बल्ल बल्ल खोजेर ५ अर्ब रुपैयाँ बुझाउन सफल भएका छौं’ ढुंगेलले भने, ‘बाँकी ९ अर्ब रुपैयाँ तिर्न पनि मूल्य वृद्धि गर्नुपरेको हो ।’
निर्धारित समयमा उक्त रकम बुझाउन नसकेमा इन्डियन ओयल कर्पोरेशनले तेल आपूर्तिमा कटौती गर्ने ढुंगेलले बताए । आइओसीको क्लोजिङको समय भएकाले पनि उक्त समयमा अनिवार्य रुपमा बक्यौता भुक्तानी गर्ने बाध्यता रहेको नेपाल आयल निगमले जनाएको छ ।

No comments:

Post a Comment