Recent Posts

Join us on Facebook Follow us on Twitter

Monday, November 11, 2013

संविधानसभा चुनावका लागि ४ दिन सार्वजनिक विदा

२५ कात्तिक, काठमाडौं । संविधानसभा निर्वाचनका लागि सरकारले मंसिर २ गतेदेखि ५ गतेसम्म सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४ दिने सार्वजनिक विदा दिने निर्णय गरेको हो । मंसिर १ गते शनिबार परेकाले विदा ५ दिन हुने भएको छ ।

यद्यपि मंसिर २ र ३ गते अत्यावश्यक सेवाहरु विद्युत, दमकल, पानी, अस्पताल, एयरपोर्ट, भन्सार लगायतका सरकारी कार्यालय खुला रहनेछ । यसअघि २०६४ चैत २८ गते भएको चुनावका लागि पनि सरकारले विदा दिएको थियो । संविधानसभाको दोस्रो निर्वाचनको मतदात मंसिर ४ गते विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ ।

No comments:

Post a Comment