Recent Posts

Join us on Facebook Follow us on Twitter

Wednesday, October 16, 2013

Agriculture Technaical Assistant Job Vacancy - Rural Development Tuki Association

ग्रामीण विकास टुकी संघ वि.सं. २०४८ सालमा स्थापित एक सामाजिक विकास गैर–सरकारी संस्था हो । नेपालको एकिकृत ग्रामीण विकासको सन्दर्भमा एक सफल नमुना ‘टुकी अवधारणा’लाई अवलम्वन गर्दै यस संघले स्थापनाकालदेखि नै दोलखा जिल्लामा कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, वातावरण, महिला तथा वाल अधिकार लगायतका क्षेत्रमा विभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको छ ।  

दोलखा जिल्ला सहित २० जिल्लाहरुमा USAID को सहयोगमा Save The Children, HKI,Jhpeigo, JHU/CCP,NTAG, NEWAH को संयुक्त सहकार्यमा सुआहारा SUAAHARA-Good Nutrition Program) कार्यक्रम सञ्चालन भइरहेको छ । दोलखा जिल्लामा यो कार्यक्रम सेभ द चिल्ड्रेन र यस ग्रामीण विकास टुकी संघको सहकार्यमा गत बर्ष २०६९ भदौ (सन २०१२ अगष्ट) देखि संचालन भइरहेको छ । यो कार्यक्रम सुनौला १,००० दिन (दुई वर्ष भन्दा मुनी)का बालबालिका र आमा तथा गर्भवती महिलाहरुको स्वास्थ्य तथा पोषण स्थितिमा सुधार ल्याउन विशेषतः घरपरिवारको व्यवहार परिवर्तनमा केन्द्रित हुनेछ । 

यसैले उक्त कार्यक्रमको कार्यान्वयनका लागि निम्न अनुसारको कर्मचारीको आवश्यकता परेकोले निम्न उल्लेखित अनुसारको योग्यता पुगेका र यस दोलखा जिल्लाका सबै गा. वि. स. मा दुई वर्षभन्दा मुनीका बालबालिका र आमा तथा गर्भवती महिलाहरुको स्वास्थ्य तथा पोषणको अवस्था सुधारका लागि जिल्ला तथा स्थानीय सरोकारवालाहरुसँग समन्वय तथा सहकार्य गर्दै प्रभावकारी रुपमा कार्य गर्न सक्षम नेपाली नागरिकहरुबाट निवेदन आह्वान गरिन्छ । 

पद: कृषि प्राविधिक सहायक (Agriculture Technaical Assistant - ATA)
आवश्यक संख्याः १ (एक) जना

आवश्यक न्यूनतम योग्यताः मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा कृषि/भेटेरीनरी बिषयमा प्रमाण–पत्र तह उतिर्ण गरी समुदायस्तरमा तरकारी खेती/पशुपंक्षी पालन र जीविकोपार्जनको क्षेत्रमा कम्तीमा २ (दुइ) बर्ष काम गरेको हुनु पर्नेछ । कृषि/भेटेरीनरी बिषयमा स्नातक तह (Bsc. Ag.)उतिर्ण गरेकालाई प्राथमिकता दिइनेछ ।

अनुभवः
१. कृषि/भेटेरीनरी अन्तर्गत तरकारी उत्पादन, पशुपंछी पालन सम्बन्धी तालीम, छलफल, परामर्श, स्थानिय तथ्यांक/सूचनाहरु संकलन, प्रतिवेदन तयार गर्ने कार्यको अनुभव । 
२. नेपाल सरकारको कृष/÷पशुपंछी पालन र जीविकोपार्जन सम्बन्धी कार्यक्रम, बिशेषत कृषि मन्त्रालय अन्तर्गतको कार्यक्रममा काम गरेको अनुभव ।

अन्य आवश्यक सीपः
१. अँग्रजी भाषा राम्रो बोल्न र लेख्न सक्ने,
२. कम्प्युटरमा कम्तीमा वर्ड, एक्सेल र पावर प्वाइन्ट (ध्यचम, भ्हअभ िबलम एयधभच एयष्लत) मा काम गर्न सक्ने
३. मोटर साइकल चलाउन सक्ने ।

आवेदनसाथ सँलग्न गर्नु पर्ने आवश्यक कागजातहरुः संक्षिप्त व्यक्तिगत बिवरण (CV), नेपाली नागरीकताको प्रमाण–पत्रको प्रतिलिपी, शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपी, कार्य अनुभव पुष्टी हुने कागजातहरु, हालै खिचेको फोटो–२ (दुइ) प्रती ।

आवेदन दिने अन्तिम मितिः २०७०/७/८ गते (२०१३ अक्टोबर २५) कार्यालय समय भित्र । यसरी तोकिएको अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यस्को भोलीपल्टको दिन अन्तिम दिन मानिनेछ । 

आवेदन यस संघको कार्यालय भिमेश्वर न.पा.–१, चरिघ्याङमा आइ दर्ता गर्नु पर्नेछ । आवेदन निम्न उल्लेखित ई–मेल ठेगानामा पनि पठाउन सकिने छ । 


निवेदकहरुमध्येबाट प्रारम्भिक छनौट सूची (short list) मा परेका आवेदकहरुलाई मात्र लिखित परीक्षामा समावेश गराईनेछ ।

परीक्षा शुल्कः छनौट सूची (short list) मा परेका निवेदकहरुले परीक्षा शुल्कको रुपमा रु.३०० (तिन शय रुपैंया मात्र) यस संघको नबिल बैंक, चरिकोटमा रहेको खाता नम्वर ४००६०१७५००००७ मा जम्मा गरेको सक्कल भौचर लिइ परीक्षाको लागि सम्पर्क गर्न आउनु पर्नेछ । 

छनौट सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार संघमा रहनेछ ।

ग्रामीण विकास टुकी संघ, 
भिमेश्वर नगरपालिका–१, चरिकोट, दोलखा

No comments:

Post a Comment