Recent Posts

Join us on Facebook Follow us on Twitter

Saturday, August 10, 2013

Job Vacancy in Helvetas Swiss Intercooperation Nepal

हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपाल, स्वीस अन्तर्राष्ट्रिय गैर—सरकारी संस्था हो र यसले नेपालका गरिव तथा पछाडि पारिएका जनताहरूको जीवनस्तर उकास्न सक्रिय योगदान पु¥याउँदै आइरहेको छ । हेल्भेटास ५० वर्ष भन्दा अघिदेखि नेपालमा कार्यरत छ । हाल आएर, यसले पाँचओटा विभिन्न क्षेत्रहरू– शिक्षा तथा सीप विकास, वातावरण तथा जलवायु, सुशासन तथा शान्ति, ग्रामीण अर्थतन्त्र, र जल तथा पूर्वाधार अन्तर्गत पन्धभन्दा बढी परियोजनाहरू कार्यान्वयन गर्दै आएको छ ।

रोजगार कोष हेल्भेटास नेपालको राष्ट्रिय स्तरको कार्यक्रम हो । यसले गरिव तथा सामाजिक रूपले विभेदमा पारिएका, विद्यालयको शिक्षा पूरा गर्न नसकेका युवाहरूलाई सीपमूलक तालिम प्रदान गरेर उनीहरूको जीविकोपार्जनमा सहयोग पुग्ने गरी रोजगार तुल्याउँछ । रोजगार कोषलाई स्वीस सरकार विकास सहयोग (एसडीसी), बेलायत सरकारको अन्तर्राष्ट्रिय विकासका लागि विभाग (युकेएड) र विश्व बैँकले आर्थिक सहयोग गरेका छन् ।

रोजगार कोषको सचिवालय÷हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको विभिन्न क्षेत्रीय फिल्ड कार्यालयको लागि फिल्ड अनुगमनकर्ताहरूको आवश्यकता भएको हँुदा ईच्छुक अनुभवी नेपाली नागरिकबाट दरखास्तका लागि आह्वान गरिन्छ ।

सेवा प्रदायक ः             फिल्ड अनुगमनकर्ता
आवश्यक संख्या ः        ५ (पाँच) (काठमाण्डौँ, वीरगञ्ज, बुटवल, धनगढी र धरानका लागि १÷१ जना)
शैक्षिक योग्यता ः        स्नातक तह उत्तीर्ण
कामको अनुभव ः        सम्बन्धित विषयमा कामको अनुभव भएकोलाई विशेष ग्राह्यता
काम गर्नुपर्ने स्थान ः   सम्बन्धित क्षेत्रका विभिन्न तराई तथा पहाडी जिल्लाहरूमा अधिक मात्रामा फिल्ड भ्रमण

गर्नुपर्ने कामः
  •  तालिम तथा रोजगार सेवा प्रदायकहरूले सन्चालन गर्ने व्यावसायिक सीपमूलक तालिमहरूको आह्वान, प्रशिक्षार्थीहरूको छनौट अन्तर्वार्ता, तालिमको गुणस्तर आदिको अनुगमन गर्ने,
  • तालिम पूर्व, तालिम भइरहेको अवस्थामा र तालिम पश्चात् समय–समयमा अनुगमन गर्ने,
  • आवधिक भ्रमण प्रतिवेदनहरू तयार पार्ने,
  • तालिम पश्चात् तालिम प्राप्त व्यक्तिहरूको रोजगारी र आम्दानीको अवस्थाबारे अनुगमन÷निरीक्षण गर्ने ।
  • प्रत्येक अनुगमन पश्चात् अनलाइन डाटाबेसमा अभिलेख राख्ने ।

आवश्यक योग्यताः
  • विकासको कार्यक्रम तथा कार्यक्रम अनुगमन सम्बन्धी कामको अनुभव भएको,
  • तथ्याङ्क संकलन तथा विश्लेषण गर्न सक्ने,
  • सम्बन्धित क्षेत्रमा कार्यानुभव तथा मध्यमाञ्चलक्षेत्र तराईका विभिन्न जिल्लाहरूमा कार्य गरेको अनुभव भएको,
  • उत्कृष्ट अन्तरव्यक्ति तथा अन्तरसांस्कृतिक दक्षता भएको र टिममा काम गर्न सक्ने,
  • नेपाली, अँग्रेजी राम्ररी बोल्न र लेख्न सक्ने,
  • कम्प्युटरको आधारभूत ज्ञान भएको, माइक्रोसफ्ट अफिस, इमेल, इन्टरनेट चलाउन सक्ने ।

रोजगार कोषको सचिवालयलाई आवश्यक परेको समयमा मात्र फिल्ड अनुगमनकर्तालाई काममा लगाइने हुँदा यो अस्थायी प्रकृतिको काम हुनेछ र परियोजनाको नियमानुसार पारिश्रमिक प्रदान गरिनेछ । फिल्ड अनुगमनकर्ता, हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको नियमित कर्मचारी नभई सेवा प्रदायकको रूपमारहनेछ ।

ईच्छुक नेपाली नागरिकले एक प्रति पासपोर्ट साइजको पmोटो र व्यक्तिगत विवरण (बायोडाटा) सहितको निवेदन रोजगार कोषको सचिवालय, जाउलाखेल ललितपुर, पो.ब.नं. ६८८, काठमाडौँ, नेपालमा पठाउन वाef@helvetas.org.np मा इमेल गर्न अनुरोध गरिन्छ । फिल्ड अनुगमनकर्ताले गर्ने कामको मुख्य विवरण (Terms of Reference) रोजगार कोषको वेबसाइट www.employmentfund.org.np तथा हेल्भेटास नेपालको वेबसाइट www.helvetasnepal.org.np बाट पनि डाउनलोड गर्न सकिनेछ । प्रारम्भिक छनौट (Short List) मा पर्न सफल आवेदकहरूलाई मात्र अन्तर्वार्ताका लागि सम्पर्क गरिनेछ । रोजगार कोषको सचिवालयसँग विना कारण कुनै वा सबै आवेदनहरू अस्वीकार गर्ने अधिकार रहनेछ ।

हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालले दरवन्दीे विविधतालाई प्रवद्र्घन गर्ने हुनाले छनौट प्रक्रियामा लैङ्गिक तथा सामाजिक कारणले पछाडि पारिएका महिला उम्मेदवार तथा दलित, जनजाति, मधेसी/तराई, अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरूलाई सकारात्मक विभेदको नीति अबलम्बन गर्छ ।
आवेदन पठाउने अन्तिम मिति — २०७० भदौ ९ गते

No comments:

Post a Comment