Recent Posts

Join us on Facebook Follow us on Twitter

Friday, August 9, 2013

घोकन्ते विद्याले अब कोरियन भाषा पास गर्न कठिन, ७० हजार आवेदकको अपेक्षा, भाषाका रिफ्रेन्स साइटसहित

काठमाडौं । कोरिया सरकारले भाषा परिक्षामा फेरबदल गरेको छ । भाषा परिक्षालाई विश्व स्तरीय बनाउन सत प्रतिसत गोप्य प्रश्न सोधिने इपिएस सेन्टरका निर्देशक लि दोङ र्सिकले भने । नयाँ व्यवस्थाअनुसार, भाषा परिक्षाको सिलेबसमा आधारित भई कुनै पनि प्रश्न सोध्न सकिनेछ । यसअघि, भाषा परिक्षामा एउटा मात्र पुस्तकबाट प्रश्न सोधिन्थ्यो ।


परिक्षार्थीले भाषा बुझ्नु भन्दा घोकेको आधारमा परिक्षा पास गदर्थे । सन् २०११ को भाषा परिक्षामा १५ हजार परिक्षार्थीमा दुई हजार पाँच सयले सत प्रतिसत अंक ल्याएका थिए । तर, तिनमा भाषाको राम्रो ज्ञान थिएन । नयाँ पाठ्यक्रमले पाठकलाई र्सिजनशील बनाउछ । यसबाट उनीहरुले भाषाको राम्रो प्रयोग गर्न सक्छन, उनले भने ।
कोरिया सरकारले भाषा परिक्षाको सामाग्री विभिन्न वेवसाइटमा राखेको छ । त्यहाँबाट डाउन लोडगरी पढन र सिक्न सकिने पनि उनले जानकारी दिए । यि साइटहरुमा कोरियन भाषा सामग्री राखिएका छन्—
http://www.hrdkorea.or.kr/3/3/3/2/1
http://esptopik.hrdkorea.or.kr
www.eps.gov.np
http://www.eps.go.kr  

No comments:

Post a Comment