नेपालगञ्जबाट हुम्लाको सिमिकोट उडेको सिता एयरको डोर्नियर जाहज ल्यान्ड गर्ने क्रममा आज बिहान ७ बजेर १० मिनेटमा दुर्घटनाग्रस्त भएको छ। क्याप्टेन किरण भट्टराई र कोपाइलट दीपक शाहाले उडाएको उक्त जाहाज ल्यान्ड गर्ने क्रममा दाया पंखाले रनवे छुँदा दुर्घटना भएको हो। चालक दलका तीनसहित चारजना यात्रु सामान्य घाइते भएका छन् । कुनै ठूलो चोटपटक नलागेको बताइएको छ ।
नेपाल उड्ययन प्राधिकरणका क्षेत्रीय निर्देशक भोलाप्रसाद गुरागाइँका अनुसार अवतरणका क्रममा पंखाले रनवे छोएपछि जहाजको अधिकांश भाग क्षतिग्रस्त भएको छ। प्रहरी र सेनाले उद्दार गरेका कारण जाहजमा मानवीय क्षति भएन। रनवेमा कुहिरो लागेको बेला चालकद्वयले जवरजस्ती अवतरण गराएको विमानस्थल स्रोतले जानकारी दियो।
जेठ १३ गतेमात्र सोही विमानस्थलमा गोमा एयरको जाहज ल्यान्ड गर्ने क्रममा दुर्घटनामा परेको थियो।
No comments:
Post a Comment