टुकी संघ सुनकोशी सिन्धुपाल्चोक जिल्लामा विगत दुई दशक देखी शिक्षा, स्वास्थ्य, जिविकोपार्जन तथा एकिकृत सामुदायिक विकासमा समान्वयात्मक रुपमा काम गर्दै आईरहेको गैरसरकारी संस्था हो ।
यस संस्थाले २०६९ मंसिर (December 2012) बाट चाइल्ड फण्ड जापान (CFJ) को सहयोगमा चाइल्ड स्पोनसरसिप कार्यक्रम सन्चालन गरिरहेको र उक्त कार्यक्रमको लागि तल उल्लेखित मानवस्रोतको अवश्यकता परेकोले २१ बर्ष पुरा भएको योग्य नेपाली नागरिकबाट टुकी सङघ सुनकोशी केन्द्रिय कार्यालय थुम्पाखर तथा सम्पर्क कार्यालय चौतारा मा आफै आइ वा ईमेल: jobs.tukiassociation@gmail.com मा आफनो शैक्षिक योग्यता , नागरिकता , अनुभव आदि प्रमाण पत्रका प्रतिलिपिहरु , व्यतिगत विवरण (CV)र फोटो संलगन राखी निवेदन दिन सकिने गरी आज मिति २०६९ चैत्र ६ गते (प्रथम पटक)यो विज्ञापन प्रकाशित गरिएको छ । इछुक व्यक्तिबाट मिती २०६९ चैत्र १२ गते दिउसो ४:०० बजे भित्र दरखास्त आव्हान गरिन्छ ।
१. पद : लेखा तथा प्रशासन अधिकृत (चाइल्ड स्पोनसरसिप कार्यक्रम)
पद संख्या: १ (एक)
कार्य स्थल: सिन्धुपाल्चोक जिल्लाको तौथली गाविस
योग्यता:
- वाणिज्य शास्त्रमा स्नातकतह उतिर्ण गरिसकेपछी सरकारी/गैरसरकारी संस्थामा रही लेखा तथा प्रशासनिक क्षेत्रमा कम्तिमा १ वर्ष काम गरेको अनुभव भएको ।
- लेखा तथा प्रशासन समबन्धी समस्या तथा सवाल पहिचान तथा प्रतिवेदन तयार गर्न सक्ने ज्ञान तथा सो काम समबन्धी अनुभव भएको ।
- दोहोरो लेखा प्रणालिमा आधारित कम्प्युटर सफ्टवेर, माईक्रोसफ्ट अफिस र ईमेल समबन्धी ज्ञान भएको ।
- आफै जवाफदेही भई लेखा तथा प्रशासन समबन्धी सम्पुर्ण कार्य गर्न सक्ने क्षमता भएको ।
- प्रभावकारी जनसम्पर्क सिपका साथै समुदायका व्यक्ती र सहकर्मिहरुसँग प्रभावकारी सम्ब न्ध स्थापित गरी आवश्यकता अनुसार जिल्लाको जुनसुकै ठाउँमा गई कार्य गर्न सक्ने ।
पारिश्रमिक : संस्थाको नियम अनुसार
परिक्षाको किसिम : लिखित, मौखिक र प्रयोगात्मक
छनोट प्रकृया: दरखास्त दिने उम्मेदवार हरुले पेश गरेको कागजातको अध्ययन गरी शैक्षिक योग्यता, तालिम एवं अनुभवको आधारमा सर्ट लिस्ट गरेर सर्ट लिस्ट मा परेका उम्मेदवारहरुलाई मात्र लिखित परिक्षामा र लिखित परिक्षाबाट छनोट भएको उम्मेदवारहरुलाई मौखिक र प्रयोगत्मक परिक्षामा सहभागि गराईनेछ ।
नोट: दलित, महिला, जनजाती तथा स्थानियलाई प्राथमिकता दिइनेछ ।
पुनशच: फोन तथा अन्य माध्यम बाट संस्थालाई प्रभाव पार्न प्रयास गर्ने उम्मेदवारहरु स्वत: अयोग्य ठहर गरिने भएकाले त्यस्तो प्रयास नगर्न सुचित गरिन्छ ।
पद्पुर्ती समिति
टुकी संघ सुनकोशी
No comments:
Post a Comment