Recent Posts

Join us on Facebook Follow us on Twitter

Sunday, March 31, 2013

अन्तरवार्ताका नाममा होटलमा लगेपछि ठगिईन् युवती


पोखरा, १७ चैत । 
पोखराको स्थानीय पत्रिकामा विज्ञापन दिई अन्तरावार्ताका लागि भनेर होटलको कोठामा लगि यौनशोषण र सामान लुट्ने व्यक्ति यस्तै प्रकरणको घटनाबाट काठमाडौंमा समातियो । त्यस लगत्तै कास्की प्रहरीले भर्खरमात्र पनि कोही कसैले रोजगारी दिने प्रलोभनमा अन्तरवार्ताका नाममा होटलमा लग्यो भने नजानु भन्दै एफएमहरुमा पनि सूचना बजाई रहेको थियो ।

तर न त स्थानीय दैनिकमा त्यस्ता विज्ञापन छापिन रोकियो, न त युवतीहरु नै यस्ता विज्ञापनका कारण फस्नबाट जोगिए । चलाखीपूर्ण ढंगले दिइने त्यस्ता विज्ञापनका कारण अन्तरवार्ताका नाममा होटलका कोठासम्म पुग्ने प्रवृत्तिले पनि धेरै युवतीहरु लुटिएका र ठगिएका छन् । पोखराको महेन्द्रपुलस्थित रहेको होटल सन्तोष पोखराको महेन्द्रपुल स्थित होटल सन्तोषको एक कोठामा अन्तर्वाता लिन बोलाएर ती २०/२२ वर्षे युवाले एक युवतीको स्कुटर, सुनको सिक्री र मोबाईल फोनसमेत गायब बनाएक थिए । 

युवतीलाई होटलको शौचालयमा थुनी उल्टै युवतीको स्कुटर लिएर ती युवक भागेका थिए । प्रहरीले शनिबार साँझमा र्न) स्कुटर भने फेला पारिसकेको छ । तर त्यो व्यक्ति पत्ता लगाउन भने सकेको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी केदार रिजालले शनिबार पोखरा यस्तै प्रकृतिको घटना दोहोरिए पछि दुःख व्यक्त गर्दै शिक्षित युवतीहरु नै यसको शिकार हुने गरेकोमा सचेत रहन आग्रह गरे ।

एसपी रिजालले भने–‘कसैले अन्तरवार्ताका लागि होटलको कोठामा जाऔं भन्छ भने जानु नै हुँदैन ।’ कार्यालयको पूर्ण ठेगाना, बोर्ड वा अरु मानिसहरु पनि आदान–प्रदान हुने ठाउँमा बाहेक होटल वा त्यस्तो ठाउँमा जानु हुँदैन ।’ यस विषयमा कास्की प्रहरीले पूर्ण विवरणसहित सूचना प्रकाशित गर्न पनि पत्रपत्रिकालाई आग्रह गरेको छ ।

No comments:

Post a Comment