Pages

Sunday, August 16, 2015

बन्दका कारण उपत्यकासहित देशभरकै जनजीवन प्रभावित

मोहन वैद्य नेतृत्वको माओवादीसहितका दलहरुले आज गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ ।
उपत्यकामा फाट्टफुट्ट मात्र सार्वजनिक यातायतका साधन चलेका छन् ।


केही नीजि सवारी साधन पनि सडकमा हुइकिरहेका छन् । काठमाडौंबाट छुट्ने कुनैपनि सवारी साधन आज चलेका छैनन् । ६ प्रदेशको सीमांकनप्रति असन्तुष्ट जनाई बन्द आब्हान गरेको वैद्य माओवादीलाई जनजाति र मधेस केन्द्रीत दलहरुले पनि साथ दिएका छन् ।
बन्दकर्ताले काठमाडौंको बबरमहलमा बा२ ख ९६६१ नम्बरको बसमा तोडफोड गरेका छन् । प्रहरी पुगेर तोडफोड गर्नेलाई हटाएको थियो । बन्दको सिसा पूर्णरुपमा फुटेको छ । बन्दकर्ताले चितवनमा ३ वटा गाडीमा तोडफोड गरेका छन् ।

No comments:

Post a Comment