Pages

Tuesday, August 25, 2015

जलिरहेको व्यक्तिको फोटो टिकापुरको होइन, अमेरिकाको हो

टिकापुर घटनालाई जोडेर सामाजिक सञ्जालमा प्रकाशित एक जलिरहेको व्यक्तिको फोटो वास्तवमा अमेरिकाको फ्लोरिडा राज्यमा सन् २०१२ को घटना भएको पुष्टी भएको छ।

फोटो बाहिर आएपछि साउथ एसिया फ्याक्टचेकले गरेको अनुसन्धानबाट सो फोटोको खुलासा भएको हो ।


एउटा ब्लगले उक्त फोटोलाई टिकापुरको समाचारसँग राखेर प्रकाशित गरेको थियोl त्यसपछि सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले टिकापुरमा जलाइएका प्रहरी भन्दै सो फोटो राखेका थिए।  

No comments:

Post a Comment