Pages

Thursday, July 23, 2015

काठमाडौं केन्द्र बि​न्दु बनाएर फेरि ४.६ रेक्टर स्केलको भूकम्प

काठमाडौंको सुन्दरीजललाई आसपास बनाएर बुधबार राति भूकम्पको धक्का महसुस भएको छ।

बुधबार राति १० बजेर १४ मिनेटमा गएको भूकम्पको धक्का ४.६ रेक्टर स्केल रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सेतोपाटीलाई बताए।


काठमाडौंको सुन्दरीजललाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पबाट काठमाडौँका अधिकांश भागमा धक्का महसूस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौँबाट २० किलोमिटर उत्तरपूर्व केन्द्र सुन्दरीजल र सिन्धुपाल्चोकको सीमामा पर्छ। 

वैशाख १२ को शक्तिशाली भूकम्पपछि लामो समयसम्म जारी रहेको पराकम्प पछिल्लो केही दिन रोकिएको थियो । तर, बुधबार रातिको पराकम्पपछि मानिसहरु घरबाट बाहिर निस्किएका छन् ।

No comments:

Post a Comment