Pages

Friday, May 8, 2015

घर भाडा बढाउनेलाई कारवाही गर्ने सरकारको चेतावनी

२५ वैशाख, काठमाडौं । भूकम्पको विपत्तिको मौका छोपेर घर भाडा बढाउने घर धनिहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

कसैले घर भाडा बढाएको भए तत्काल नजिकको प्रहरीलाई खबर गर्न, प्रहरीको फोन नम्बर १००, कलसेन्टरको फोन नम्बर १२३४ वा सशस्त्र प्रहरीको फोन नम्बर १११४ मा फोन गर्न गृहमन्त्रालयले सबैमा अपिल गरेको छ ।
गृह मन्त्रालयले भाडा बृद्धि गर्नेहरुलाई कानुन बमोजिम कारवाही गर्न सम्वन्धित सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइसकेको छ ।

शुक्रबार गृहमन्त्रालयले विज्ञप्ति निकालेर काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका घर धनिहरुले भाडा बढाएको कुराले गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यस्तो नगर्न आग्रह गरेको छ ।

हेर्नुहोस् गृह मन्त्रालयको विज्ञप्ति


No comments:

Post a Comment