Pages

Sunday, April 26, 2015

महाभूकम्पबाट मृत्युको सङ्ख्या करिब पन्ध्रसय

महाभूकम्पबाट मृत्यु हुनेको सङ्ख्या अहिले राति ९.३० बजेसम्म एक हजार चारसय ५७ पुगेको छ।
नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिँदै यो सङ्ख्या अझ तीन गुणा बढी हुनसक्ने बताएका हुन्।
उनले भूकम्पको केन्द्रविन्दू रहेको जिल्ला गोरखामा सबैभन्दा बढी क्षति भएको उल्लेख गर्दै सो जिल्लामा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार कार्य जारी रहेको बताए।
मन्त्री रिजालले काठमाडौंको विभिन्न १३ वटा स्थानबाट उद्धार र राहतको काम भइरहेको जानकारी दिए। रासस

No comments:

Post a Comment