Recent Posts

Join us on Facebook Follow us on Twitter

Saturday, May 16, 2015

ललितपुरलाई केन्द्र बनाएर ४.२ रेक्टरको पराकम्पन

२ जेठ, काठमाडौं । ललितपुर र मकवानपुरको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर शनिबार बिहान फेरि भूकम्पको पराकम्पन गएको छ ।


बिहान नौ बजेर ३५ मीनेट जाँदा चार दशमवल दुई रेक्टरस्केलको पराकम्पन गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।


यसअघि आजै नौ बजेर २४ मीनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर चार दशमलव दुई रेक्टर स्केलको पराकम्पन गएको थियो । त्यस्तै छ बजेर ३१ मीनेटमा गोर्खा र धादिङको सीमा क्षेत्रलाई केन्द्र विन्दु बनाएर चार रेक्टर स्केलको पराकम्पन गएको थियो ।

त्यस्तै छ बजेर ११ मीनेटमा नुवाकोट केन्द्र भएको चार रेक्टर स्केलको पराकम्पन महशुस भएको थियो भने बिहानै चार बजेर ३८ मीनेटमा दोलखा केन्द्र भएर चार दशमलव एक रेक्टरस्केलको पराकम्पन गएको छ ।

No comments:

Post a Comment