Recent Posts

Join us on Facebook Follow us on Twitter

Saturday, May 2, 2015

बारपाक केन्द्रबिन्दु बनाएर फेरि भूकम्प, भागदौड मच्चियो

गोरखा११ः२५ बजे गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर दशवमल रेक्टर स्केलको अर्को भूकम्प गएपछि बारपाकका स्थानीयमा हराउँदै गएको त्रास फेरि बल्झेको छ। 'आज करिब साँढे ११ बजे भूकम्प गएर जमिन तीन सेकेन्डजति कम्पन भयो,' स्थानीय जितबहादुर घलेले भने, 'गाउँ गाउँमा भागदौड मच्चियो।'


भूकम्पकै कारण बारपाक गाउँबाट दुई किलोमिटर माथिको डाँडो गाउँ नजिकै पहिरो गएको स्थानीयले घलेले बताए। पहिरोबाट कुनै पनि क्षति भने भएको छैन। 'भत्कन बाँकी घर भए पो भत्कनु, जमिन चाहिँ बेस्सरी हल्लायो,' उनले भने। भागदौड गर्दै बारपाकमा रहेका स्थानीय खुल्ला ठाउँमा, बारी विद्यालयको मैदानमा भेला भएका थिए। फेरि पनि भूकम्प आइरहने त्रासले बारपाकबासीहरु निकै चिन्तामा छन्।

भूकम्पको धक्का सदरमुकामलगायत जिल्लाभर महसुस गरिएको थियो। गत शनिबार बारपाकलाई नै केन्द्रबिन्द बनाएर गएको भूकम्पपछि लगातर कम्पन हुँदा त्रासमा रहेका स्थानीय फेरि पनि बारपाकलाई केन्द्रिबिन्दु बनाएर भूकम्प गएपछि जिल्लाबासी त्रसित बनेका छन्।

No comments:

Post a Comment