Recent Posts

Join us on Facebook Follow us on Twitter

Friday, March 1, 2013

बीए प्रथम वर्षको परीक्षाफल प्रकाशित

काठमाडौं, फागुन १९- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०६९ सालमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातक तह तीन वर्षे बीए प्रथम वर्ष २०६८ को परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ।

उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com मा पनि हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार परीक्षाको मर्यादाविपरीत कार्य गरेकाले नौ परीक्षार्थीलाई दुई वर्षका लागि कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्कासन गरिएको छ। रासस

No comments:

Post a Comment